• २०८१ चैत्र १२ गते बुधवार

मुगुमा ४९ जना किसान लाई पुरस्कृत

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार ३०, मुगु । मुगु जिल्लाका ४९ जना किसान पुरस्कृत भएका छन् । सोमवार एक कार्यक्रमका बिच पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक वर्ष २०७७- ०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत जिल्लाका ४९ जना किसान लाई जिल्लामै पहिलो पटक पुरस्कृीत गरिएको हो ।

No description available.

जिल्लाका भेडा , वाख्रा , कुखुरा लगायत पशु सँग सम्बन्धि पेशा ब्यवसाय गर्दे आईरहेका उत्कृष्ठ कृषक पुरस्कृत गरिएको पशु सेवा कार्यालय मुगुले जानकारी दिएको छ । कार्यालयका अनुसार गत पुष २ गते प्रथम सुचना जारी गरी दरखास्तको आब्हान गरिएको थियो उक्त आब्हान अनुसार जम्मा ४ सय ८५ कृषकको दरखास्त परि उक्त आवेदन अनुसार ब्यवासायिक र पशु क्षेत्रमा योगदान पुर्याएका किसानहरुको स्थलगत रुपमा अनुगमन गई जम्मा ४९ जना कृषकहरु छनोट गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए ।

No description available.

उनका अनुसार यो जिल्ला मै पहिलो पटक किसान प्रोत्साहन गरिएको हो । यसले गर्दा किसानहरु लाई पशुपालन क्षेत्रमा ठुलो योगदान पुर्याउने बुढाको भनाई छ । दरखास्त अनुसार ५० भन्दा माथि भेडा पालन गरिरहेका किसानहरु लाई मात्र दरखास्त गरिएको थियो र ५० भन्दा तल गरिएका भेडा पालनहरु लाई दरखास्त लिईएको थिएन प्रदेश सरकारको जम्मा १५ लाख बजेटमा यो कार्यक्रमको थालनी गरिएको सुचना अधिकारी पदम बहादुर केसीले जानकारी दिए ।

पुरस्कृत भएका ४९ जना किसान लाई कुखुरा ब्यवसाय गरेका किसान लाई १० हजार नगद प्रमाण पत्र र भेडा , बाखा्र , गाई , भैंसि ब्यवसाय गर्ने किसान लाई नगद ३० हजार सहित प्रमाण पत्र वितरण गरिएको सुचना अधिकारी केसिको भनाई छ । प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटिका अनुसार आर्थिक सम्वृद्धिका लागि पनि पशु ब्यवसायले पनि ठुलो भुमिका रहने बताए ।

भेडा पालनमा अगाडी रहेका , केही गरौ भन्ने किसानहरुको पहिचान गरि र निश्चित किसानहरु लाई मात्र प्रोत्साहन गर्दा भावि दिनहरुमा भेडा पालन तथा अन्य पालन गरि रहेका किसान लाई पनि सिको हुने बताए ।

पछिल्लो समय मुगुमा भेडा ब्यवसाय गर्ने संख्या पनि उच्च रहेको छ भने भेडा ब्यवसायि गरेका किसानहरुले न्युनतम एक सय देखि ५ सय सम्म भेडा पालेको कार्यालयले जानकारी दिएको छ । एकातिर भेडाको उन बाट निर्मित राडी , पाखि , लिउ जस्ता अर्गानिक उत्पादन कपडाहरु बिस्तारै बिस्तारै लोप हुदै गएको बताए । यसको संरक्षणमा यहाका स्थानीय सरकारले ध्यान दिनु पर्ने जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस