असार ३०,काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आज बिहान अदालतमा पुगेका हुन् ।
ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व–उपप्रधानमन्त्री समेत रहेका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए।