जेठ ३१, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो चौविस घण्टामा थप २२ जना महिला र २८ जना पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वर नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट सुरु भएपछि तारकेश्वरमा हालसम्म ९५० जना महिला र ११३६ जना पुरुष गरि कुल २०८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तारकेश्वरमा हालसम्म एक हजार ७४४ जनामा एन्टिजोन परिक्षण गरेकोमा ३३६ जनामा पोजेटिभ देखिएको छ । हाल नगरपालिकामा ५२४ जना महिला र ५९८ जना पुरुष गरि एक हजार १२२ जना संक्रिय संक्रमित रहेका छन । तारकेश्वरमा हालसम्म ४०७ जना महिला र ५१७ जना पुरुष गरि कुल ९२४ जनाले कोरोनालाई जितेका छन । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ६ जना उपचाररत छन । यस्तै उक्त आइसोलेसनबाट २२ जना निको भएर फर्किएका छन ।
कोरोनाको दोश्रो भेरियन्ट सुरु भएपछि तारकेश्वरमा हालसम्म ४० जनाको मृत्यु भएको छ ।