चैत १, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा सेवा लिन आएका बिरामीको निःशुल्क जाँच, महिलाको पाठेघर जाँच, आँखा जाँचसँगै निःशुल्करूपमा औषधि वितरण गरिएको छ । शिविरमा आँखारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, एमडिजिपी, एमपिबिएमलगायतले सेवा प्रदान गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो ।
शिविरमा आँखा जाँच गराउन आएका २५० जनामध्ये कमजोर दृष्टि दोष रहेका १०० बिरामीलाई निःशुल्करूपमा चश्मा वितरण गरिएको छ । आँखामा मोतियाविन्दु भएका ३१ बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ । शिविर सञ्चालनका लागि रु दुई लाख बजेटको व्यवस्था गरिएकामा रु एक लाख निःशुल्क औषधि वितरण गर्नका लागि खर्च भएको वडाध्यक्ष ऐरले बताउनुभयो ।
दुर्गम क्षेत्रमा रहेका सर्वसाधारणका लागि विशेषज्ञसहितको स्वास्थ्य सेवामा पहुँच पु¥याउन स्वास्थ्य शिविर आयोजना गरिएको हो ।