माघ १, गुल्मी । गुल्मीमा झारफुक गर्ने क्रममा १ जनाको मृत्यु भएको छभने २ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ ओख्रेनी तिनधारा बस्ने ३८ वर्षका रामप्रशाद श्रेष्ठ र उनकीे श्रीमती बर्ष ३६ की शान्तिला श्रेष्टले भारफुक गर्ने क्रममा ईश्मा गाउँपालिका वडानम्बर–३ दर्लामचौर वस्ने वर्ष ६४ को राम वहादुर मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रष्ठले जानकारी दिए ।
झारफुक गर्नेले नै बुधवार बिहान रामप्रशाद श्रेष्ठले मेरो घरमा अपरीचित व्यक्तिहरु आई अशान्ति मचाई रहेको भनेर प्रहरी कहाँ उजुरी दिएका थिए । प्रहरीले उजुरी उपर के कसो भएको हो भनि वुझ्न जाँदा एक जनालाई मृत फेला पारेको थियो । मृतक मुखिया पुस २५ गते ढाड दुख्ने विरामी भई झारफुक गर्न भनी श्रेष्ठ कहाँ आएको प्रहरीले जनाएको छ । मृतक मुखियालाई झारफुक गराउने क्रममा ढाड दुख्ने विरामी भई संन्चो गराउने बहानामा शरीर भरी आगोले पोली डामी मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
झारफुक गराउने क्रममा ईश्मा गाउँपालिका वडानम्बर–३ दर्लामचौर वस्ने ३४ वर्षको हुम वहादुर मुखिया र रेसुङगा नगरपालिका वडानम्बर–५ भुवनपानी वस्ने ४० वर्षकी टोपला दमाईलाई घाइते भएका छन् । टोपला पुस २४ गते झारफुक गर्न भनी आएकी थिइन् । झारफुकबाट उनिहरुको अनुहर, शरिर भरी पोली डामी घाईते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घाइते २ जनालाई उपचारको लागि गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
उनिहरुको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । झारफुक गर्ने जिल्लाको मालिका गाउँपालिका वडानम्बर– ६ अर्जे घर रहेको प्रहरीले जनाएको छ ।
उनिहरुले तम्घासको उदिनढुङ्गामा रहेको माधव ज्ञवालिको जग्गामा भाडामा कच्चि टहरो बनाई झारफुक गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जना झारफुुक गर्ने ब्याक्तिहरु नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
झारफुक गर्नेले नै प्रहरीकहाँ उजुरी
झारफुक गर्नेले नै बुधवार बिहान रामप्रशाद श्रेष्ठले मेरो घरमा अपरीचित व्यक्तिहरु आई अशान्ति मचाई रहेको भनेर प्रहरी कहाँ उजुरी दिएका थिए । प्रहरीले उजुरी उपर के कसो भएको हो भनि वुझ्न जाँदा एक जनालाई मृत फेला पारेको थियो ।
प्रहरीले घाईतेहरुसंग घटना सम्वन्धमा वुझ्दा जिल्ला गुल्मी ईश्मा गाँउपालीका वडा नं. ३ दर्लामचौर वस्ने कृष्ण वहादुर कुमाल (मुखिया) र दाई हुम वहादुर मुखियाले आफ्नो वुवा राम वहादुर मुखिया ढाड दुख्ने विरामी भए पछी झार फुक गर्नको लागि पौष २५ गते रामप्रसाद श्रेष्ठको घरमा ल्याएको बताएका थिए ।
रामप्रशाद श्रेष्ठ र श्रीमिती सान्तीला श्रेष्ठ समेत मिलि झारफुक गरी उपचार गर्ने वहानामा खाना खान नदिई आगोमा फलामे रड, पलाष्टिक पाईप तथा स्टीलको झाँजर तताई शरिरको विभिन्न भागमा डामी झारफुक गर्ने क्रममा राम वहादुर मुखियाको मृत्यु भएको हो । उनिहरुले प्रहरीलाई दिएको बयानमा वुवालाई संचो हुन्छ आफै एक्छीनमा उठ्छन भन्दा भन्दै मृत्यु भएको बताएका थिए ।
अर्की घाईते टोपला दमाईलाई पनि झारफुक गर्ने वहानामा पौष २४ गते वोलाई पोली डामि घाईते वनाएको अवस्थामा फेला पारी वारदात घटनामा संलग्न रहेका वर्ष ३८ को रामप्रसाद श्रेष्ठ र उनको श्रीमिती वर्ष ३६ की सान्तिला श्रेष्ठलाई पक्राउ गरी ल्याईएको प्रहरीले जनाएको छ । मृतकको शव परिक्षणको लागी र घटनामा घाईते भएका टोपला दमाई र मृतकका जेठा छोरा हुम वहादुर मुखियालाई औषधि उपचारको लागी जिल्ला अस्पताल तम्घासमा पठाईएको प्रहरीले जनाएको छ ।