• २०८१ फाल्गुन ७ गते बुधवार

कोभ्याक्सिन खोप बिक्रीका लागि उत्पादन गर्न भारत बायोटेकलाई अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, नयाँ दिल्ली । कोरोना भाइरसको महामारीविरुद्ध प्रभावकारी मानिएको भारतीय कम्पनी भारत बायोटेकल विकास गरेको खोप कोभ्याक्सिनको बिक्रीका लागि उत्पादन गर्न अनुमति दिइएको छ । भारतको औषधि नियामक निकायले यस खोपलाई प्रभावकारी भएको भन्दै प्रयोग गर्न सकिने बताएपछि भारत सरकारले कोभ्याक्सिन खोप बिक्री वितरणका लागि उत्पादन गर्न अनुमति दिइएको छ ।

भारतका औषधि नियामक महानिर्देशक भीजी सोमानीले भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खोपलाई आपत्‌कालीन अवस्थामा प्रयोग गर्न सकिने घोषणा गरेका थिए । कोभ्याक्सिन खोप भारतको पहिलो कोरोनाविरुद्धको खोप हो । यो खोप हरेक एकजनालाई दुई डोज लगाउनुपर्ने सुझाइएको छ । त्यसैगरि यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रमणमा भण्डारण गर्नुपर्ने बताइएको छ ।

यससँगै सिरम इन्स्टिच्युटले उत्पादन गर्ने अक्सफोर्ड विश्‍वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोपलाई पनि प्रयोगका लागि भारत सरकारले अनुमति दिइसकेको छ । भारतमा १६ जनवरीदेखि देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्‍चालन गरिने भएको छ । सुरुवातको ६ महिनामा भारतमा ३० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भारत सरकारको योजना रहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ करोड खोप उत्पादन भएर भण्डारण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस