• २०८१ चैत्र १० गते सोमवार

जीन्युजका सम्पादकले भने : सगरमाथा नेपालकै हो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौँ । भारतीय टेलिभिजन च्यानल जीन्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको भन्दै आफ्नो प्रस्तुतीबाट भ्रम फैलिन गएकोमा माफी मागेका छन् । प्रधानमन्त्री केपी ओलीसँग अन्तर्वार्ता लिन काठमाडौँ निम्ताइएका चौधरीले आइतबार बिना अनुमति हेलिकोप्टरबाट सगरमाथाको आधार शीवीर काला पत्थ्थर पुगेर सगरमाथाको नाम परिवर्तन गर्नु पर्ने र जीन्युजले त्यो अभियान सुरु गरेको बताएका थिए ।

भारतको संस्थापन निकट मानिने र नेपालबारे बारम्बार विवादास्पद प्रस्तुति दिँदै आएको टेलिभिजनले सगरमाथामाथि भारतको दाबी पेश गरेपछि काठमाडौंमा बुधबार त्यसको दिनभर विरोध भएको थियो । बुधबार साँझ आफ्नो नियमित कार्यक्रममा चौधरीले आफ्नो अभिव्यक्ति सगरमाथाको सार्वभौमिकता माथि भारतले दाबी गर्नु पर्छ भन्ने नरहेको बरु माउन्ट एभरेस्टको ठाउँमा यसको सुरुको उचाई मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरको नामबाट नामाकरण गरिनु पर्ने रहेको स्पष्टिकरण दिएका हुन् ।

चौधरीले आफ्ना दर्शक समेत रहेका नेपालीको भावनामा ठेस पुर्‍याउने उद्देश्य नरहेको भन्दै आफ्नो अभिव्यक्तिले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा असर नपुग्ने दाबी गरे ।

‘माउन्ट एभरेस्ट नेपाल र तिब्बतको बीचमा छ र यहीँ नै रहन्छ, यसलाई कसैले खोस्न सक्दैन, यसको नाम चाहिँ परिवर्तन हुनुपर्छ’, चौधरीले भने, ‘चुनाव हुन्छ र सरकार आउँछन् जान्छन्, तर भारत र नेपालबीचको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस