• २०८१ फाल्गुन ७ गते बुधवार

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौँ । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । दिउँसो ३ बजे बस्न लागेको आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।

बैठकमा पेस गरिने एजेन्डाबारे भने केही पनि खुलाइएको छैन । तापनि पछिल्लो समय सरकारको असंवैधानिक कदमका विरूद्ध भइरहेका आन्दोलन तथा कार्यकर्ता भेला लगायतका कार्यक्रमको समीक्षा हुने सो समूहका एक नेताले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा नेकपाबाट असन्तुष्ट रहेको प्रचण्ड–नेपाल समूहले प्रर्दशन तथा भेलाहरू गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस