• २०८० चैत्र १६ गते शुक्रवार

वडा सभापति एवं क्षेत्रीय प्रतिनिधिलाई सम्मान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट निर्वाचित वडा सभापति एवं क्षेत्रीय प्रतिनिधिलाई सम्मान गरिएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा महिला बालबालिका एवं समाज कल्याणमन्त्री उमा रेग्मी र पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानले संयुक्तरुपमा उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री रेग्मीले पार्टीलाई बलियो बनाउनका लागि वडा सभापति एवं क्षेत्रीय प्रतिनिधिको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । अधिवेशनको प्रतिस्पर्धालाई आम निर्वाचनमा लगेर पोख्न नहुने उहाँको भनाइ थियो । मन्त्री रेग्मीले कांग्रेसमा महिला अगाडि बढ्नुपर्ने बताउनुभयो । कांग्रेस नेता एवं काठमाडौँ क्षेत्र नं ६ का सांसद प्रधानले पार्टीभित्रको गुठको अन्त्य गरेर मात्र कांग्रेस बलियो हुने बताउनुभयो । उहाँले कांग्रेस महाधिवेशन तोकिएका समयमा हुने भन्दै महाधिवेशनमा लाग्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले पार्टीभित्र योगदान गरेका व्यक्तिको मूल्याङ्कन हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा क्षेत्र नं ६ का १६ वडाबाट निर्वाचित ३०० भन्दाबढी वडा कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

प्रतिक्रिया दिनुहोस