भदौ २८, काठमाडौं । नेकपा (एमाले)का नेता एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावल नरहे पनि सहमतिमा नरहने बताउनुभएको छ । ईमेज टेलिभिजनकसँगको कुराकानीमा प्रमुख सचेतक भट्टराईले एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम रावल रहने वा नरहेको विषय सहमतिमै टुंगिने बताउनुभयो ।
‘भीम रावल इन्चार्ज रहे पनि पार्टीले सहमतिमै रहनुहुन्छ, नरहे पनि सहमतिले नै रहनुहुन्न,’ उहाँले भन्नुभयो, ‘इन्चार्ज नपाए पनि उहाँ पार्टीबाट निस्कनुहुन्न, एमालेबाट अब कोही पनि जाँदैन, बरु थपिन्छन् ।’ पार्टीको जिम्मेवारीहरु हेरफेर हुनसक्ने र भइरहने प्रक्रिया भएको बताउँदै उहाँले आधारभूत रुपमा आफूहरु २०७५ जेठ २ फर्किएको जिकिर गर्नुभयो । उहाँले अब कुनै पनि हालतमा पार्टी उक्त निर्णयबाट पछि नहट्ने उहाँको दावी छ ।
नेकपा (एमाले) सुदूरपश्चिमको इन्चार्जमा अध्यक्ष केपी शर्मा ओलीले लेखराज भट्टलाई नै राख्न चाहेको समाचार बाहिर आएपछि रावलले असन्तुष्टि जनाएको खबर बाहिरिएको थियो । एमाले २०७५ जेठ २ मै फर्किएको अवस्थामा सुदूरपश्चिम प्रदेशको इन्चार्ज स्वतः रावल हुनुहुनेछ । यद्यपि सुदूरपश्चिम प्रदेशमा भने ओलीले भट्टलाई राख्न चाहनुभएको छ ।
भट्टराईले एमालेमा अहिले भएर काम गरिरहेका साथीहरू खुसी रहेको बताउनुभयो । पद र जिम्मेवारीका कारण असन्तुष्टि बढेको भनेर बाहिर गरिएको प्रचार गलत भएको उहाँको भनाइ छ । आन्तरिक रुपमा पार्टीमा उठेका समस्यालाई मिलाएर एकढिक्का बनाउन आफूहरु प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा उहाँले सभामुख अग्निप्रसाद सापकोटाले १४ सांसदलाई पदमुक्त गरेको सूचना नटाँसेसम्म वा मार्ग प्रशस्त नगरेसम्म संसद नचल्ने बताउनुभयो । गैरसंसदीय क्रियाकलाप गरेका सभामुख सभामुख नसच्चिएसम्म संसद अवरोधलाई कामम राख्ने उहाँको भनाइ छ ।