• २०८१ माघ २ गते बुधवार

दैलेखमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । दैलेख प्रहरीका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बेडुखाडा की २७ बर्षीया भावना देवकोटाको आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको टिमीलाको रूखमा झुन्डिएको अवस्थामा अवस्थामा शव फेला परेको हो ।

ती महिला २७ गते साँझदेखि हराइरहेको र खोजतलास गर्दा सोमबार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । शवलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस