• २०८१ फाल्गुन ७ गते बुधवार

पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो ।

प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।’ मृतकहरूमध्ये पाँच जना छन् ।

यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी वषरका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस