• २०८२ बैशाख ९ गते मङ्गलवार

महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २९ काठमाडौं । कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको थियो । तर, महाधिवेशन सार्न संवैधानिक अप्ठ्यारो फुकाउने विधि भने तय भइसकेको छैन ।

पाँचौ पटक निर्धारित मिति भदौ १६–१९ मा पनि कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्था देखिएको छ ।

एक वर्षअघि नै १४ औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा नयाँ मिति तोक्दै सारिँदै आएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस