• २०८१ भाद्र २४ गते सोमवार

काँग्रेस सांसद वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, मकवानपुर । बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् ।

आइतबार एमाले निकट राष्ट्रिय युवासंघ नेपालका जिल्ला नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् । हत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले बताए ।

सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस