जेठ ३०, मोरङ । अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको विभिन्न औषधि तथा खाद्य सामग्री सहित भारत राजस्थान बिकाने घर भएका दिनेश महतोलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-९ ट्राफिक चोकमा घर भाडामा लिई भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न औषधी तथा खाद्य प्रोडक्सहरू बिक्री गर्ने महतोलाई ५० पत्ता Cefi pro, ५६ पत्ता Azirest, १ सय ६९ पिस Quinc र विभिन्न खाद्य प्रोडक्सहरु सहित उनकै गोदामबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।