• २०८१ चैत्र ५ गते बुधवार

कोरोना महामारीकालमा विश्व हिन्दू परिषद नेपालको सेवा कार्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ३०, काठमाण्डौ । कोरोना महामारीको दोश्रो लहर शुरु भए लगतै विश्व हिन्दू परिषद नेपालको सेवा विभागले देशका विभिन्न गाउँ तथा शहरहरुमा विभिन्न सेवा कार्य गर्दै आईरहेको छ । विहिप नेपालको सेवा विभागले लकडाउनका कारण समस्यामा परेकाहरुलाई लक्षित गरी राहत वितरणको कार्यक्रमहरु समेत सञ्चालन गरेको छ ।विश्व हिन्दू परिषद नेपाल सेवा विभागले कोरोनाकालमा गर्दै आएको सेवा कार्यहरु यस प्रकार रहेका छन ।

No description available.

खाद्यान्न वितरण
लकडाउनका कारण न्यून आय भएका तथा मजदुरी गरी जीवन निर्वाह गर्नेलाई खानाको समस्या उत्पन्न भएको छ । खाद्यान्न अभाव भएकाहरुलाई विश्व हिन्दू परिषद नेपाल, सेवा विभागले खाद्यान्न किट वितरण गरेको छ ।

सेवा विभागले काठमाण्डौ उपत्यका एवं पोखरा महानगरका स–साना मठ मन्दिरका पुजारी, वेदपाठशाला, वृद्धाआश्रम तथा अनाथालयहरुमा समेत खाद्यान्न किट उपलब्ध गराएको छ ।

Open Photo

चिकित्सक परामर्श सेवा
विश्व हिन्दू परिषद नेपालले कोरोना संक्रमितहरुको सहायताको लागि आवश्यक चिकित्सकिय परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । परिषदले अनलाईनका माध्यमले कोरोना संक्रमितहरुको लक्षणबारे जानकारी संकलन गरी आवश्यक चिकित्सकीय परामर्श प्रदान गर्ने गरेको छ । कोरोना संक्रमितहरुको लागि आवश्वक औषधी, अक्सिजन, एम्बुलेन्स सेवा, तथा आईसोलेशन सेवाको लागि सहजीकरण समेत गर्ने गरेको छ ।

Open Photo

निःशुल्क आयुर्वेदिक काढा वितरण
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने आयुर्वेदिक काढा विश्व हिन्दू परिषद नेपाल, सेवा विभागले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । विहिपले कपिलवस्तु, रुपन्देही, जनकपुरधाम, लहान, राजविराज लगायत देशका विभिन्न ठाउँहरुमा उक्त आयुर्वेदिक काढा वितरण गर्दै आईरहेको छ । परिषद्ले सेवाकार्यलाई लकडाउन अवधिभर निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस