• २०८१ असोज २२ गते मङ्गलवार

 करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, ललितपुर । चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका-१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस