• २०८१ असार ३ गते आइतवार

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीका अनुसार राति २ बजे ठूलो पहिरो गएकोले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको उनले बताए ।

अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको बताइएको छ । बिहान ११ बजेसम्म सडक खुल्ने प्रहरीले बताएको छ । भालुपहाडमा नयाँबर्ष शुरु भएयता दुईपटक ठुलो पहिरो गइसकेको छ । अझै बर्षायाममा ठुलो समस्या हुने देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस