वैशाख ३०, रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनजना मध्ये दुईजना तिलोत्तमा नगरपालिकाका र एकजना बुटवलका छन् ।
अस्पतालका अनुसार बुटवल–६ का ८१ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा बिहीबार बिहान ५ः३० बजे, तिलोत्तमा–५ का ७५ वर्षका पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालमा बिहान ७ः४५ बजे र तिलोत्तमा–१३ का ५५ वर्षीय पुरुषको बुधबार राति ८ः१५ बजे मृत्यु भएको हो । उनीहरु मध्ये एकजना आईसीयू र एकजना एचडीयूमा उपचाररत थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१२ पुगेको छ ।