बैशाख ३०, काठमाडौं । भारतमा कोरोनाभाइरसका तीन लाख ६२ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ लाख ६४ हजार ५९४ जनाको परीक्षण गरिएकोमा तीन लाख ६२ हजार ७२७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा तीन लाख ५२ हजार १८१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म एक करोड ९७ लाख ३४ हजार ८२३ जना सङ्क्रमित निको भएका छन् । भारतमा हालसम्म दुई करोड ३७ लाख तीन हजार ६६५ जना सङ्क्रमित भएका छन् । हाल ३७ लाख १० हजार ५२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा चार हजार १२० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई लाख ५८ हजार ३१७ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो । भारतमा हालसम्म १७ करोड ७२ लाख १४ हजार २५६ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् ।