• २०८१ माघ २ गते बुधवार

माधव समूहका नेताहरु ‘वि’माले हुँदै ‘सि’माले तर्फ जाँदै हुनुहुन्छः पूर्वमन्त्री बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

चैत्र ३१, तनहुँ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं। २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले माधव नेपालले नेतृत्व गर्नुभएको समूहका नेता ‘वि’माले हुँदै ‘सि’माले तर्फको लयमा जाँदै गरेको बताउनुभएको छ । आज राष्ट्रिय युवा संघ नेपाल तनहुँको जिल्ला कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा बोल्दै सांसद बस्नेतले माधव समूहका नेताहरु ‘वि’माले (विग्रह, विद्रोह, विभाजन, विखण्डन, विर्षजन, विकृति) युक्त गुटमा रमाउँदै उक्त समूह राजनीतिक रुपमा ‘सि’माले (सिलटिम्मुर) हुने बाटो लागेको बताउनुभयो ।

‘वि’माले हुँदै ‘सि’मालेको यात्रा तय गर्नु भनेको उक्त समूहको राजनीतिक भविष्य समेत अन्धकार तथा कालो बादल लाग्दै गएको उहाँले बताउनुभयो ।प्रधानमन्त्री केपी ओलीलाई ठूलो टावर मानेर राजनीति भइरहेको उल्लेख गर्दै उहाँले माधव समूहले गल्ती स्वीकारेर पार्टीमा आए स्वागत गर्न सकिने बताउनुभयो । पार्टीभित्र विधि र विधानको रटान रटाउने माधव समूहले देशभर सरकार तथा पार्टीविरुद्ध देशभर समानान्तर कमिटीहरु निर्माण गरी एमालेलाई विभाजनको रेखा कोरिरहेको भन्दै आक्रोस जनाउनुभयो । माधव समूहले अहिले समानान्तर कमिटी निर्माण गरी निर्वाचनको समयमा पार्टी विभाजन गरी माओवादीमा प्रवेश गर्ने रणनीतिका साथ एमालेलाई ध्वस्त बनाउने प्रयास गरिएको उल्लेख गर्दै सांसद बस्नेतले युवाहरुले त्यसलाई रोक्न महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

No description available.

उहाँले माधवलाई प्रश्न गर्नुभयो, ‘सरकारविरुद्ध अभियान चलाउने एमालेको कुन विधिविधानमा पर्छ रु एमालेको ३० लाख चोर्न लगाउन मिल्छ रु समानान्तर कमिटी बनाउन मिल्छ रु माधव नेपालले नेतृत्व गर्नुभएको समूहले चुनावसम्म समानान्तर कमिटी गठन गर्ने र चुनावको अन्तिम समयमा एमाले विभाजन गरी माओवादीमा प्रवेश गर्ने रणनीतिका साथ माधव समूह अगाडी बढिरहेको छ । त्यसलाई जोगाउन युवाहरुको महत्वपूर्ण जिम्मेवारी रहेको छ । गाउँ गाउँमा कमिटीमा आवद्ध भई नेतृत्वको याग्यता, क्षमता, लगनशिलतालगायतका कुराहरुको विकास गर्नुपर्छ ।’

No description available.

देश केपी ओलीमय बनेको उल्लेख गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा केपी शर्मा ओलीको पक्षमा जनलहर विश्वभरमा नै बढेका उल्लेख गर्नुभयो । माधव–प्रचण्डको सम्बन्ध खोलाको दुई किनारा जस्तै भएको उल्लेख गर्दै उहाँले प्रचण्ड–माधवको सम्वन्ध वर्षायाममा बगेको बुुढिगण्डकी नदी जस्तै मात्र भएको बताउनुभयो । प्रचण्ड–मावध वर्तमान समय र परिस्थितीमा छुट्टीन पनि नसक्ने, एक हुन पनि नसक्ने दावी समेत उहाँले गर्नुभयो ।

No description available.

नेपालको राजनीतिक अकाशमा अनेक खालका कुराहरुको गुँड बनाउन खोजेको स्थीति देखिँदै गएकोले त्यसलाई युवाहरुले प्रतिरोध तथा प्रतिवाद गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सांसद बस्नेतले राजनीतिलाई शुसासन, शान्ति र स्थिरता, विकास र समृद्धिको लागि लैजानको निमित्त युवाको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो । नेता बस्नेतले प्रचण्डले दान दिएको पद लोलुपतामा माधव, झलनाथ खनाल, रामचन्द्र पौडेल लगायतका नेता लागेको स्पष्ट पार्नुभयो ।

प्रचण्ड भ्रष्टाचार, अनियमिता, व्यक्तिगत स्वार्थको नाईके भएको उल्लेख गर्दै सांसद बस्नेतले गरिव तथा लडाकुको पसिनालाई लुटेर खाने, षड्यन्त्र तथा अनेक स्वार्थहरुको लागि अहोरात्र गरिव तथा उत्पीडितको सहयोगलाई बैशाखी बनाएर भ्रष्टाचार गर्ने मुख्य पात्र रहेको तथ्य सार्वजनिक गर्नुभयो ।

आगामी निर्वाचन पछि माओवादीलाई औंलाले गन्न सकिन्छ दावी गर्दैै सांसद बस्नेतले अबको केही समयदेखी माओवादीलाई भुगोलमा हैन गुगलमा खोज्नुपर्ने समय आउने बताउनुभयो । सांसद तथा माओवादीका नेता एमालेमा प्रवेश गर्ने लहरनै चलिरहेको उल्लेख गर्दै सांसद बस्नेतले माओवादीका सांसद एमालेमा प्रवेश गरे भनि कारवाही गर्ने तर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन नसक्नु भनेको नै प्रचण्ड न पोथी न भालेको अवस्थामा पुगेको बताउनुभयो ।

सांसदलाई कारवाही गर्दै प्रचण्डले एक्लै बर्वराउँदै गरेको उल्लेख गर्दै नेता बस्नेतले मृत्युतुल्य बनिसकेको पार्टी माओवादी तथा एमालेका केही स्वार्थी तथा पार्टीबाट निष्काशित नेतालाई बोकेर प्रधानमन्त्री तथा एमालेको टाउकोमा हान्ने काम प्रचण्डले गरिरहेको भन्दै आक्रोस जनाउनुभयो । अविश्वासको प्रस्ताव ल्याउन पनि नसक्ने, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन नसक्ने माओवादी तथा कांग्रेसका केही नेताले प्रधानमन्त्री ओलीको राजिनामा माग्नु हास्यास्पद भएको उल्लेख गर्दै १२१ सीट जितेर बन्नुभएका प्रधानमन्त्रीविरुद्ध ६३ सिट मात्र जितेको कांग्रेसका चुलबुले युवा सांसद तथा एमालेको सहारामा ५३ सिट जितेको माओवादीले सदनमा प्रधानमन्त्री विरुद्ध चुल्वुलाएको जुन खसीले दाँई गरेजस्तोमात्र हुने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा संघका पूर्वअध्यक्ष राजिव पहारी, संघका केन्द्रीय अध्यक्ष बचन बहादुर सिं, सहअध्यक्ष किरण पौडेल लगायतका केन्द्रीय नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस