• २०८१ चैत्र १ गते शनिवार

दोलखामा जीप दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, दोलखा । दोलखामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दोलखाको बिगु गाउँपालिका-४ लादुकमा गएराति प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको ज्यान गएको छ ।

सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस