• २०८१ माघ १ गते मङ्गलवार

अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २९, काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट सहित सर्लाही बसवरिया गाउँपालिका-८ बस्ने २१ वर्षीय राधेश्याम यादव र सोही ठाउँ बस्ने २४ वर्षीय रन्जित यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बा।३७ प ६७६३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी चेकपोष्ट फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सुनसरी, धरान उपमहानगरपालिका-५ रमाइलो चोकबाट नियन्त्रित लागूऔषध नाइट्रोसन १ सय ५१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ६४ ट्याब्लेट र डाइलेक्स डिसी १२ बोतल सहित सोही ठाउँ बस्ने ३३ वर्षीय पेम्वा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरान र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले शेर्पाको घरमा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रहरीले कपिलवस्तु, कृष्णनगर नगरपालिका(२ बसपार्कबाट ४ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित रोल्पा परिवर्तन गाउँपालिका-२ राङ्सी बस्ने ३४ वर्षीया पूर्णिमा घर्तिमगरलाई शनिबार बिहान पक्राउ गरेको छ । कृष्णनगर बसपार्कदेखि भारततर्फ पैदल जाँदै गरेकी उनलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै पश्चिम नवलपरासी सुनवल नगरपालिका-१३ बडेराबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ सय ७५ ट्याब्लेट, फेन्सिडिल ८६ बोतल र वानरेक्स ५ बोतल सहित पाल्हीनन्दन गाउँपालिका(५ चमनटोल बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । युपि ५६ एएच ७९२३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस