• २०८१ फाल्गुन ७ गते बुधवार

तार्केश्वर-८ मा पार्किङ गरिरहेकाे कान्तिपुर यातायातकाे बसमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । मंगलबार राती तारकेश्वर नगरपालिका वार्ड न ८ अन्तर्गत सुन्दर कैलाश बस्तीको खाली जग्गामा पार्किङ गरेर राखिएको बा १ ख ६६९१ नम्बरको कान्तिपुर यातायातकाे बसमा आगलागी भएकाे छ । अज्ञात ब्यक्तिहरुबाट आगो लगाइएको कान्तिपुर यातायातकाे बस पूर्णरुपमा क्षति भएको हाे ।

महानगरिय प्रहरी वृत बालाजुका प्रमुख निमर्ल बुढाथाेकीका अनुसार तारकेश्वर नगरपालिका वडा नं. ९ प्रगती टोल बस्ने जयराम पान्डेको कान्तिपुर यातायात अन्तरगतको बसमा आगलागी भएकाे हाे । आगलागीबाट अन्दाजी ५ लाखकाे क्षती भएकाे छ । बसकाे भित्री तथा बाहिरी भाग पुर्णरूपमा क्षती भएकाे छ ।  उक्त बस तीनदिनदेखि सम्बन्धित जग्गा धनीबाट स्वीकृति लिएर उक्त स्थानमा पार्किङ गरिएको थियो ।

बलाजु वृत प्रमुख बुढाथाेकीअनुसार बिहान करिब ०४ः३० बजे प्रहरी गएर आगो नियन्त्रणमा लिएकाे  थियो । बसमा के कती कारणले आगलागी भयाे भन्ने बारे अनुसन्धान भइरहेकाे उहाँले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस