• २०८१ मङ्सिर २२ गते शनिवार

सवारी ज्यान मुद्दामा फरार २० बर्ष पछि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, कैलाली । प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३ को लक्ष्मण प्रशाद श्रेष्ठ लाई सवारी ज्यान मुद्दामा पक्राउ गरेको कैलाली जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, सम्मानित कैलाली जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २ महिना २३ दिन कैद तोकिएकोमा २० वर्ष अघि सम्म उनी फरार रहेका थिए । उक्त मुद्दामा फरार रहेका श्रेष्ठलाइ पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस