• २०८१ असोज २४ गते बिहिवार

बझाङमा बालविवाह रोक्न किशोरीलाई सशक्तीकरण तालिम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, बझाङ । बझाङमा बालविवाह रोक्न किशोरीहरुलाई सशक्तीकरण गर्ने प्रयास थालिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाँउपालिका र तल्कोट गाँउपालिकाका किशोरीहरुलाई सशक्तीकरण तालिम दिइएको हो ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी बझाङ जिल्ला शाखाको आयोजनामा किशोरीहरुलाई सशक्तीकरण गर्न लागेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङका कार्यालय प्रमुख श्याम नेपालीले बताउनुभयो ।

तीन पालिकाका किशोरीहरुलाई सामाजिक तथा वित्तिय सिप (रुपान्तरण) सम्बन्धी ८ दिने दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण तालिमसमेत समापन गरिएको छ ।

लामो समयदेखि जिल्लाका तीन वटै पालिकामा भएको कार्यक्रममा अभिभावकहरुलाई समेत तालिम तथा विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस