• २०८१ फाल्गुन ७ गते बुधवार

ताप्लेजुङ जिल्ला अदालतद्वारा आव ७७/०७८ मा ७० प्रतिशत मुद्दा फर्छ्यौट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २८ काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा ताप्लेजुङ जिल्ला अदालतले ७० प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ। कूल ४ सय ५२ थान मुद्दामध्ये ३ सय १३ थान मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए। १ सय ३९ थान मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएको छ।

अदालतमा आव २०७७/०७८ मा आव २०७६/०७७ बाट जिम्मेवारी सरी आएका १ सय ४४ थान तथा नयाँ दर्ता भएका ३ सय ८ थान गरी कूल ४ सय ५२ थान मुद्दा थिए। यि मध्ये १८ महिना नाघेको १ थान,१२ महिना देखि १८ महिना भित्रको ८ थान,६ महिना देखि १२ महिना भित्रको ४१ थान र ६ महिना भित्रको ८९ थान मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएको अदालतले जानकारी दिएको छ।

अदालते आव २०७७/०७८ मा ६ महिना भित्रको १ सय २० थान,६ देखि १२ महिना भित्रको १ सय ५३ थान,१२ महिना देखि १८ महिना भित्रको ३५ थान र १८ महिना नाघेको ५ थान गरी कूल ३ सय १३ थान मुद्दा फर्छ्यौट गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस