• २०८१ चैत्र १२ गते बुधवार

राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्घको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ। सङ्घका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए।

हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गरेको सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस