असार २८, काठमाडौँ। उत्तरी छिमेकी चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको खोप अझै दिने बताएको छ । काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार भर्चुअल पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणमा चीन सधैँ नेपालको साथमा रहेकाले आउने दिनमा नेपाललाई थप खोप दिने बताएकी हुन् ।
राजदूत यान्छीले भनिन् ‘अहिले नै नेपालले ४० लाख डोज खोप किनिरहेको छ । आउने दिनमा हामी अरू धेरै खोप नेपाललाई दिन्छौं,‘चीनको खोप उत्पादन क्षमता दिनदिनै बढिरहेको छ । त्यहीअनुसार नेपाललाई पनि दिने खोप बढाउँछौं ।
चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो भने पछिल्लो समय नेपालले ४० लाख डोज चिनियाँ खोप किन्ने सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ८ लाख डोज खोप नेपाल आइसकेको छ । अरू खोप पनि आउने क्रममा रहेको छ।