• २०८१ फाल्गुन ७ गते बुधवार

गण्डकीको मन्त्रिपरिषद् विस्तार, दीपक मनाङेसहित चार विना विभागीय मन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।

पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन् । चारैजना मन्त्री विना विभागीय हुन् । मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस