• २०८२ बैशाख ७ गते आइतवार

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण गर्ने ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २९, सुर्खेत । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको र उक्त आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ । आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस