बैशाख २९, काठमाडौं । चन्द्रागिरि नगरपालिका एक हप्तका लागि सिल हुने भएको छ । जेष्ठ १ गते बिहान ६ बजे देखि जेष्ठ ७ गते बिहान ५ बजे सम्मका चन्द्रागिरि नगरपालिका सिल गर्न लागिएको हो ।
चन्द्रागिरि नगरपालिकाका अध्यक्ष गिरिको अध्यक्षतामा नगर कार्यक्षेत्र भित्रका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पतालका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपालका प्रमख, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, विषयगत समितिका संयोजकहरु, स्वास्थ्य चौकीका प्रमुखहरु र नगरपालिकाका कर्मचारीहरु सहित बसेको बैठकले उक्त निर्णय गरेको हो ।