बैशाख २९, काठमाडौँ । कोरोना संक्रमण तिब्र भइराखेको अवस्थामा हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् ।
मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी रहेको छ । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ । गृह मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताए ।
निषेधाज्ञा भएका जिल्लाहरू हेर्नका लागि यहाँ थिच्नुहाेस ।