• २०८१ मङ्सिर २४ गते सोमवार

बाँके प्रहरीले रेमडिसिभरको अवैध कारोबार गर्ने २ जनालाई पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, बाँके । नेपालगन्जमा खुलेआम रेमिडसरभरको अवैध कारोबार गर्दागर्दै प्रहरीले दुईजनालाई रगेँहात पक्राउ गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का २३ वर्षिय मोहम्मद जावेद अन्सारी र नेपालगन्ज– ११ विपी चोकका २५ वर्षिय हारुन अंशु नामक दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वडा नम्बर– ११ सृष्टि हल नजिक सडकमै अवैधरुपमा रेमडिसिभरको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो । कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभरको ती दुई युवाले प्रति रेमडिसिभर २५ हजारका दरले दुई थानको ५० हजार रुपैयाँमा विक्री गर्दैगर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ । पक्राउ परेका दुईजना युवालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको एसपी रानाले बताए ।

प्रतिक्रिया दिनुहोस