बैशाख २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ९२४ सङ्क्रमित थपिएको बताउनुभएको छ । मंगलबारसम्म देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।