• २०८१ जेष्ठ ३१ गते बिहिवार

थप १७ जना कोरोना संक्रमितको मृत्‍यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख २९, काठमाडौँ। बाँकेमा ११ बुटवलमा ५ र धरानमा १ गरी थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक(एक जना सल्‍यान र कैलालीका छन् । भेरी अस्पताल नेपालगञ्‍जमा उपचाररत महिलाको बुधबार बिहान  बाँकेकै नेपालगन्ज उपमहानगर बुधबार विहान  मृत्‍यु भएको छ । यस्तै बाँकेकै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका महिलाको मंगलबार राति बाँकेकै कोहलपुर महिलाको बुधबार बिहान कोहलपुर ११का ४१ वर्षीय पुरूषको बुधबार र कोहलपुर महिलाको बुधबार मृत्‍यु भएको छ ।

यस्तै भेरीमा अस्पतालमै उपचाररत गुलरिया-९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान -, बर्दियाकै मधुबन नगरपालिका-६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान , र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ । यस्तै बनगाड कुभिन्डे(६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८स् ३० बजे मृत्यु भएको छ भने घोडाघोडी(१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४स् ४५ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै ज्यान गएको हो । मंगलबार इमर्जेन्सीमा भर्ना भएका तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६स्३५ बजे र वैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५स्३३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७स्५२ बजे र वैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए । यस्तै बुटवल-६ का ४४ वर्षीय पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालको एचडीयूमा मंगलबार साँझ बजे मृत्यु भएको उनले जानकारी दिए ।

डा.गौतमले संक्रमितको चाप बढेपछि अस्पतालमा आईसीयू र एचडीयू दुवै थरी बेड भरिभराउ भएकाले अक्सिजन नभइ नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था रहेको गुनासो गरे । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ । त्यस्तै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । धरान(१, सुनसरीकी ७० वर्षीया महिलाको उपचारको क्रमममा वैशाख २८ गते दिउँसो मृत्‍यु भएको वीपी प्रतष्ठान धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस