• २०८१ जेष्ठ ३१ गते बिहिवार

जुम्लाको आगलागी पीडितलाई सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०,काठमाडौ । गत चैत २२ गते जुम्लामा भएको आगलागी पीडितको लागि बागमती प्रदेशका संसद गणेश दुलालले सहयोग पठाएका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य अभिषेक तिवारीलाई सोमबार संसद दुलालले ९ थान ठूलो टेन्ट हस्तान्तरण गरेका हुन ।

यो सहयोग केही दिनमा जुम्ला पुग्ने तिवारीले जनाए । राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष नृपेन्द्र महतको समन्वयमा थप सहयोग पनि जुम्ला पुग्ने छ । जुम्लाको तिला गाउँपालिका- ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस