• २०८१ असार ३ गते आइतवार

सेनाको हेलिकोप्टर राजधानिमा नहुदा सुत्केरीको मृत्यु

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन २८, मुगु ।नेपाली सेनाको हेलिकोप्टर कर्णाली प्रदेशको राजधानि सुर्खेतमा नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरुगाउँपालिका–५ नेरकी २३ वर्षीय धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो ।


स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिएपनि साल निक्सन नसक्दा शाही बेहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रहरी कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए । प्रनाउ भट्राईले भने जानकारी आउने वित्तिकै हामीले हवाई उद्धारका लागि शुरुमा मौखिक र पछि लिखित जानकारी गराएका हौ तत्काल हेलिकोप्टर नपुग्दा उनको विहिवार मृत्यु भएको हो ।

यता नेकपा एमालेका मुगु जिल्ला पार्टी अध्यक्ष धर्म बहादुर शाहीका अनुसार सोरुमा फोन नेटवर्कको उपयुक्त ढंगले सम्पर्क हुन नसक्दा विहिवार विहान ७ बजे सुत्केरी हुदा बच्चा सकुसल रहेको हुदा र गर्भवति आमाको साल अट्किदा अत्याधिक उच्च रक्तस्राव भएको जानकारी पाउदा माथिल्लो निकाय सँग उद्धारका लागि हेलिकप्टर पहल गर्दा नेपाली सेनाको हेलिकप्टर सुर्खेत सम्म पुगि सकेको थियो केही समय पछि गर्भवतिको मृत्यु भईसकेको जानकारी पाउदा पहल गर्दा गर्दे सुत्केरीको ज्यान बचाउन नसक्दा दुख लागेको बताएका छन् । सेनाको हेलिकोप्टर सुर्खेतमा नभएको जानकारी पाएपछि नीजि कम्पनीको हेलिकोप्टरबाट उद्धार गर्न पहल गरिएपनि सफल नभएको शाहीको भनाई छ ।

आमा धनलक्ष्मि शाहीको कोख बाट गएको विहिवार ७ बजे जन्म पाएकि नावालिका छोरीको बिचल्ली भएको छ । गर्भवति धनलक्ष्मि शाही बाट सकुसल छोरी जन्म भए पनि साल नझर्दा अत्याधिक रक्तस्राव हुदा आमाको मृत्यु हुनुका साथै नावालिका छोरीको बिचल्ली भएको हो । जन्म पाएकि नावालिका सोरु गाउपालिका वडा नं ५ नेरमा आफन्तको जिम्मामा रहेका छन् । बिचल्लीमा परेकि नावालिकाको उद्धारको लागि जिल्ला अस्पताल ठिनी मुगुले पहल गरिहरेको डा. निर्मल नगरकोटिले बताए ।

प्रतिक्रिया दिनुहोस