• २०८१ जेष्ठ ३१ गते बिहिवार

जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । जसपा संसदीय दलको बैठक सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा जारी रहेको छ । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयनको तयारी गरेको हो ।

संसदीय दलको नेता चयन गर्नुका साथै सांसद रेशम चौधरीको रिहाइका साथै सरकारमा जाने लगायतका विषयमा पनि छलफल हुने जसपाले जनाएको छ । पार्टी स्रोतका अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्नेगरी तयारी अगाडि बढेको छ। दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस