• २०८१ असोज २४ गते बिहिवार

उपसभापति निधि र स्वीस प्रतिनिधिमण्डलबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र स्वीस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । उपसभापति निधि निवास वानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलसँग नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र सङ्घीयताको कार्यान्वयन तथा सङ्क्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको थियो ।

सो भेटमा उपसभापति निधीले नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगको उच्च प्रसंशा गर्नुभएको थियो । सहयोगका लागि धन्यवाद दिँदै उहाँले अन्य विकासमा पनि सहयोग विस्तार गर्न आग्रह गर्नुभएको थियो । उपसभापति निधिले नेपालमा कृषि, जलविद्युत्को क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गर्नुभएको थियो ।

जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश नं १ का जिल्लामा सञ्चालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस