• २०८० मङ्सिर १२ गते मङ्गलवार

मूल्यबृद्धि फिर्ता नलिए प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २५, ​​​​​​​काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु उत्रिएको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गरिने चेतावनी दिनुभएको हो ।

अनेरास्ववियुले आज जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ ।’ विज्ञप्तीमार्फत अनेरास्ववीयुले देशैभरिका आफ्ना नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आह्वान गरेको छ ।

विज्ञप्ती

नेपाली विद्यार्थीहरुको आशा र भरोषाको धरोहर, राष्ट्रिय स्वाधिनता, न्याय र समानताको पक्षधर एवम् मुलुकको गरिब जनताको जनजिविकाको पक्षमा सदैव क्रियाशील संगठन अनेरास्ववियु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको छ । हामी मुलुकमा व्याप्त विकृति, विसंगति, आर्थिक भ्रष्टाचार एवम् मनपरितन्त्रको विरुद्ध सदैव सम्झौताहिन लडाईमा समाहित हुँदै आएको छौं ।

आज फेरि परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एल.पी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरु निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ । मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण एवम् बोनस र भत्ता वितराणमा बेवास्ता गरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानिलाइ लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मुल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ । साथै देशैभरिका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आहन गर्दछ ।
हार्दिक अभिवादन सहित !
सुनिता बराल
अध्यक्ष

May be an image of text

प्रतिक्रिया दिनुहोस