• २०८१ असोज २४ गते बिहिवार

नेपाल अष्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल अष्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे । खेलको ६औं मिनेटमा नै अस्ट्रेलियाले अग्रता लिएको थियो। फुल ब्याक अजीज बेहिचको क्रसमा कप्तान म्याथ्यु लेकीले हेडर गोल गर्दा अस्ट्रेलियाले खेलमा अग्रता लिएको हो। त्यसपछि पहिलो हाफको अधिकांश समय राम्रो डिफेन्डिङको नमुना प्रस्तुत गरेको नेपालले ३८औं मिनेटमा दोस्रो गोल खान पुग्यो। यसपाली कप्तान लेकीको पासमा डिफेन्डर फ्रान काराचिचले गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाए। त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३-० को जित दिलाए ।

नेपालको दुःख पहिलो हाफको अन्तिम मिनेटमा अझै बढ्यो। ४५औं मिनेटमा नेपालका प्रमुख डिफेन्डर रोहित चन्दले अस्ट्रेलियाका स्ट्राइकर मार्टिन बोइललाई फल गर्न पुग्दा नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस