जेठ २८, काठमाडौं। नेपाल र अस्ट्रेलिया विरुद्ध जारी फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट खेलमा मध्यान्तर भएको छ। पहिलो हाफको अन्त्य सम्म अस्ट्रेलिया २०- गोलले अगाडि रहेको छ।
कुवेतको ‘जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला’मा जारी खेलको ६औं मिनेटमा नै अस्ट्रेलियाले अग्रता लिएको थियो। फुल ब्याक अजीज बेहिचको क्रसमा कप्तान म्याथ्यु लेकीले हेडर गोल गर्दा अस्ट्रेलियाले खेलमा अग्रता लिएको हो। त्यसपछि पहिलो हाफको अधिकांश समय राम्रो डिफेन्डिङको नमुना प्रस्तुत गरेको नेपालले ३८औं मिनेटमा दोस्रो गोल खान पुग्यो। यसपाली कप्तान लेकीको पासमा डिफेन्डर फ्रान काराचिचले गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाए।
नेपालको दुःख पहिलो हाफको अन्तिम मिनेटमा अझै बढ्यो। ४५औं मिनेटमा नेपालका प्रमुख डिफेन्डर रोहित चन्दले अस्ट्रेलियाका स्ट्राइकर मार्टिन बोइललाई फल गर्न पुग्दा ओमानका रेफ्रीले रोहितलाई रातो कार्ड देखाए।