• २०८० फाल्गुन ११ गते शुक्रवार

राष्ट्रिय युवा संघ नेपाल, कामपा १५ वडा कमिटीद्धारा काठमाडौं महानगर पालिका प्रमुख शाक्यसँग भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २८, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगरपालिका १५ नं. वडा कमिटीले काठमाडौं महानगर पालिका प्रमुख विद्या सुन्दर शाक्यसँग भेट गरेको छ ।कोभिड-१९को विषम परिस्थितिमा आफ्नो वडाबासीहरुको सुरक्षाको लागि समर्पित भइ गरिरहेको गतिविधि एवं कामपा १५ वडामा खोप केन्द्रमा गरिएको निरीक्षण बारे जानकारी गराउन नगरप्रमुख शाक्यसाग भेट गरेको नेकपा एमाले महानगर कमिटीका सदस्य उद्दव खड्गीले जानकारी दिए ।

शुक्रबार नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, सानू रत्न फुबरे, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का उत्प्रेरक एवं नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिनले काठमाडौं महानगर प्रमुख शाक्यसँग भेटवार्ता गरेका हुन । उक्त भेटमा नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाहीले नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले यस्तो कोभिड(१९को विषम परिस्थितिमा आफ्नो वडा बासीहरुको सुरक्षाको लागि समर्पित भइ गरिरहेको गतिविधि एवं कामपा १५ वडामा खोप केन्द्रमा गरिएको निरीक्षण बारे जानकारी गराउनु भयो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का उत्प्रेरक एवं नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिनले अहिले महानगरद्वारा स्थगित गरिएको ६० देखि ६४ वर्ष उमेरहरुका लागि कोभिड-१९ विरुद्धको खोपको विषयमा काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । साथै कोभिड-१९ विरुद्धको खोपको स्थगित गरिएको खबरले काठमाडौं महानगरपालिकाका बासिन्दाहरुमा निराशाता छाउनुका साथै मनोबल घटदै गईरहेको र यथा शिघ्र कोभिड-१९ विरुद्धको भ्याक्सिन सबै उमेरकालाई उपलब्ध गराइदिनुहुन पनि अनुरोध गरेका छन ।

उक्त भेटमा काठमाडौं महानगर प्रमुख शाक्यले सबै जानकारी प्राप्तभए पश्चात नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी गरेका कार्यहरु यस्तो विषम परिस्थितिमा उल्लेखनीय रहेको बताउनुका साथै ६० देखि ६४ वर्ष उमेरहरुका लागि कोभिड-१९ विरुद्धको खोपको विषयमा काठमाडौं महानगर्पालिकाको ध्यानाकर्षण भएको बताउनुका भयो । साथै उहाँले ६० देखि ६४ वर्ष उमेरहरुका लागि कोभिड-१९ विरुद्धको खोपको चाडै नै उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ।

अन्तमा उहाँले युवा संघ नेपाल १५ वडा कमिटी द्वारा यस्तो विषम परिस्थितिमा स्वयंसेवक रूपमा परिचालित सम्पुर्ण कमरेडहरुमा धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भइ अगाडि बढ्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस