• २०८१ भाद्र २५ गते मङ्गलवार

सञ्चारकर्मी सन्जय नाथद्धारा जन्मदिनको अवसरमा कोरोना संक्रमितलाई फलफूल वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २८, रुकुम (पूर्व) । रेडियो पूर्वी रुकुममा कार्यरत सञ्चारकर्मी सन्जय नाथले जन्मदिनको अवसरमा रुकुम (पूर्व) अस्पताल र सिस्ने गाउँपालिकाको आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई फलफूल वितरण गर्नुभएको छ ।

उहाँले रुकुम (पूर्व) अस्पतालको आइसोलेसनमा बसेका ६ जना र सिस्ने गाउँपालिकाको आइसोलेसनमा बसेका ११ जनालाई स्याउ र केराका साथै बिस्कुट पनि वितरण गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर थोरै भएपनि कोरोना संक्रमित बिरामीहरुलाई सहयोग गरेको सञ्चारकर्मी नाथले बताउनुभयो । यो महामारीको समयमा भिडभाड गरेर खानपिनमा खर्च गर्नुभन्दा कोरोना संक्रमितलाई फलफूल वितरण गर्दा उनिहरुको स्वास्थ्यमा लाभ हुने उहाँको भनाई छ ।

नाथले रुकुम (पूर्व) अस्पतालमै पुगेर त्यहाँका आइसोलेसनमा बसेका बिरामीलाई फलफूल वितरण गर्नुभएको छ । सिस्ने गाउँपालिकाको आइसोलेसनमा बसेकाहरुलाई पनि उहाँले त्यहि पुगेर फलफूल  वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस