• २०८० फाल्गुन ११ गते शुक्रवार

सोलुखुम्बुमा करेन्ट लागेर दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, सोलुखुम्बु। सोलुखुम्बुमा करेन्ट लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेमा क्रेन बोकेर पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमालोवेट चालक बडीगङ्गा गाउँपालिका-५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस