जेठ २८,काठमाडौँ। गण्डकी प्रदेशसभाको बैठक आज केहीबेर बसेर स्थगित भएको छ । आजको बैठकको सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारवाही गरिएको सम्बन्धमा संसदीय दलका तर्फबाट पठाइएको पत्र पढेर सुनाएका थिए ।
उक्त आजको बैठकमा एमालेका सांसदले बैठकमा सरकारका तर्फबाट प्रतिनिधित्व नरहेको भन्दै प्रदेशसभा नियमावलीअनुसार बैठक सञ्चालन हुन नसक्ने सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराएका थिए । लगत्तै सभामुखले जेठ ३० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।