• २०८१ मङ्सिर २४ गते सोमवार

माधव नेपाल र भिम रावल देउवा निवास बुढानिलकण्ठमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकारको दावी पेश गर्न प्रयासरत कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमालेका नेता माधवकुमार नेपाल मंगलबार साँझ बुढानिलकण्ठ पुगेका छन् । देउवासँगको वार्ता गर्न नेपालसगँ नेता भीम रावल पनि देउवा निवास पुगेका हुन ।

नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताले सरकार गठनमा कसैको सहयोगी बन्ने भन्दा पार्टी अध्यक्ष केपी ओलीलाई नै एकताका लागि दबाब दिनुपर्ने मत राखेपछि संकटमा परेका नेता नेपाल देउवालाई भेट्न गएका हुन् ।

प्रतिक्रिया दिनुहोस