• २०८१ चैत्र १ गते शनिवार

गोङ्गबुस्थित गेस्ट हाउसमा युवकको शव फेला,

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

चैत २९ ,काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक युवकको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको हो ।

शनिबार राति १० बजे गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । नागरिकताको आधारमा मृतकको परिचय खुलेको हो भने शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको डीएसपी खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस