• २०८० फाल्गुन १२ गते शनिवार

प्यूठानमा ढुङ्गाले लागेर मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, प्यूठान। प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर बुधबार एक महिलाको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो । रा१क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस